देखः हर्वल्सले उत्पादन गरेको ‘कर्डीजेन क्याप्सुल’ अति उपयोगी

Posted .

काठमाडौं । आधुनिक प्रविधिलाई अंगिकार गर्दै देखः हर्वल्स प्रा.लिले आयुर्वेद औसधि उत्पादन गर्दै आएको छ । औषधिको अनुसन्धान तथा विकासको कार्यमा विशेष जोड गर्दै आएको कम्पनीले विभिन्न रोग विरुद्धका औषधी उत्पादन गर्दै आएको छ ।

एलर्जी तथा मानिस प्रतिरक्षा प्रणालीमा विकार स्वरुप माथिल्लो तथा तल्लो श्वास प्र–श्वास प्रणाली संक्रमणको अवस्थामा यस देखः हर्वल्सले उत्पादन गरेको कर्डीजेन क्याप्सुल अति उपयोगी सावित हुँदै आएको कम्पनीको दाबी छ ।

कर्डीजेन क्याप्सुल आयुर्वेदिक मुल्य र मान्यतामा आधारित रही गुडुची , तुलसी, शिग्रु, अश्वगन्ध तथा अन्य जडिबुटीका उचित मिश्रण गरि उत्पादन गरिएको छ । देखः हर्वल्सबाट उत्पादित कर्डीजेन क्याप्सुल हाल विभिन्न चिकित्सालय तथा आयुर्वेद पसलहरुमा उपलब्ध छ । यो औषधि “नेपाल आयुर्वेद अनुसन्धान सेन्टर” किर्तिपुरमा समेत प्रयोगमा ल्याइएको र श्वास प्र–श्वाससँग सम्बन्धित रोगमा कारगर रहेको चिकित्सकहरुले प्रतिक्रिया दिएका छन । यो औषधी चिकित्सकको परामर्श तथा रेखदेखमा लिनुहुन सम्पूर्ण प्रयोगकर्तालाई देखः हर्वल्स प्रा.लि को अनुरोध छ ।

नेपालको ललितपुर जिल्लाको मुटु तथा ऐेतिहासिक धरोहरको रुपमा प्रचलित पाटन मंगल बजारबाट परम्परागत आयुर्वेद उपचार पद्धतीलाई अंगाल्दै त्यसबेलाको स्रोत–साधनको उपभोग गर्दै आयुर्वेदको विक्रि वितरण तथा सरसल्लाहमा निरन्तर प्रचलित नाम देखः पसलको इतिहास रहेको छ ।

Click here – Sankalpakhabar