पर्वतारोही शतिष मान पति
नेपालको ललितपुर जिल्ला, खुमल्टारमा जन्म लिई नेवारी संस्कृतीमा हुर्कनु भएका पर्वतारोही श्री शतिष मान पति हाल सम्म किलिमन्जरो (५८९५ मि.), देनाली पर्वत (६१९० मि.), चोयु (८२०१ मि.), सगरमाथा (८८४८ मि. ) र अन्य ५० भन्दा बढी हिमालहरु चढीसक्नु भएको छ। अबको यात्रा २०७७ चैत्र २४ गते विश्वको चौथो उच्च शिखर चीनमा स्थित ल्होत्से पर्वत (८४८५ मि.) मा हुने बताउनु भएको छ। यो यात्रा ५६ दिनको हुने वहाँको अनुमान छ। यो सफल यात्रा पछि पाकिस्तानमा स्थित विश्वकै दोस्रो र पाकिस्तानको सबैभन्दा उच्च शिखर K2 हिमपर्वतमा पर्वतारोहण गर्ने वहाँले बताउनु भएको छ।
स्थानिय पर्वतारोही श्री शतिष मान पतिलाई देख: हर्बल्स प्रा.लि. द्वारा मिती २०७७ चैत्र १७ गते विशेष कार्यक्रम माझ सम्मान तथा बधाई प्रदान गरियो। त्यसै कार्यक्रममा वहाँको ल्होत्से पर्वतको यात्राको लागि शुभकामना गर्दै देख: हर्बल्सको ब्यानर ल्होत्सेको चुचुरोमा फरफराउन हस्तान्तरण गरियो।
पर्वतारोही श्री शतिष मान पति देख: हर्बल्स प्रा.लि.को औषधीको पहिला देखि नै उपयोगकर्ता भएको उक्त कार्यक्रममा बताउनु भयो। देख: हर्बल्सले उत्पादन गरेको औषधी विभिन्न हिमशिखरहरु चढ्दा उपयोग गर्ने र प्रभावकारी रहेको वहाँको भनाई रहेको छ। पर्वतारोही शतिष मान पतिको बारेमा अझै जानकारी पाउनको लागि निम्न सामाजिक संजालहरु हेर्न सक्नु हुनेछ।
Click here – https://nirekaadventures.com, Facebook , Instagram etc.
Click here – पर्वतारोही शतिष मान पति
स्थानिय पर्वतारोहीहरुको समर्थन गरौ।