खोकीको लागि देखः हर्वल्सले उत्पादन गरेको “रेस्पोक्यर सिरप”
ललितपुर, नेपाल – देखः हर्बल्स प्रा. लि. ले नयाँ आयुर्वेदिक औषधी रेस्पोक्यर सिरप बजारमा ल्याएकोे जानकारी गराउछौँ । यो औषधी okdam.com, epharmacy.com र विभिन्न चिकित्सालय तथा आयुर्वेदिक पसलहरुमा उपलब्ध छ ।
आयुर्वेदिक प्रक्रिया द्वारा बनाइएको यो औषधीमा नवसदर, पुदिना, यष्टिमधु, तुलसी, निलगिरी तेल, वशा र अन्य जडिबुटीहरु समावेश गरिएको छ , यो औषधीे खोकी तथा श्वास प्र–श्वास प्रणालीको संक्रमणमा अति उपयोगी हुने कम्पनीको विश्वास रहेको छ । चिकित्सकको परामर्श अनुसार प्रयोग गर्दा यो औषधीले कुनै पनि साइड इफ्फेक्ट गर्ने छैन । यो औषधी १०० मि.ली को साथ उपलब्ध हुनेछ ।
धापाखेल–२३, ललितपुर, नेपालमा अवस्थित देखः हर्वल्स प्रा.लि. “राम्रो स्वास्थ्यको लागि प्रकृतिको वरदान” भन्ने नाराका साथ विगत १८ वर्ष देखि आयुर्वेदिक औषधीहरुको उत्पादन गरि सेवा दिँदै आइरहेको छ ।